काठमाडौं: त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ। कीर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर नेपालले एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक पुरा गरे भने साइब्रान्ड एंगलब्रेक्टले ४८ रन बनाएका थिए। पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ’डाउडले ८३ रनको आक्रामक साझेदारी गरेका थिए।
नवौँ ओभरमा कुशल मल्लले दुवैलाई आउट गरेर नेपालको पक्षमा फर्काएको खेल नेदरल्याण्ड्सको विक्रमजित सिंहले लगातार तीन छक्का हानेर आफ्नै पक्षमा लगेका थिए।
अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि ७ रन आवश्यक रहेकोमा भान डर गुग्टेनले चौका र छक्का प्रहार गरेर सहजै लक्ष्य पूरा गराए।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रनको योगदान दिए पनि अर्धशतकबाट चुकेका थिए। गुलशन झाले ३४ रन बनाएका थिए। कुशल मल्ल २६, रोहित २५, कुशल भुर्तेलले २०, करण केसी ९ रन बनाएका थिए।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?