काठमाडौं: त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ। कीर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर नेपालले एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक पुरा गरे भने साइब्रान्ड एंगलब्रेक्टले ४८ रन बनाएका थिए। पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ’डाउडले ८३ रनको आक्रामक साझेदारी गरेका थिए।
नवौँ ओभरमा कुशल मल्लले दुवैलाई आउट गरेर नेपालको पक्षमा फर्काएको खेल नेदरल्याण्ड्सको विक्रमजित सिंहले लगातार तीन छक्का हानेर आफ्नै पक्षमा लगेका थिए।
अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि ७ रन आवश्यक रहेकोमा भान डर गुग्टेनले चौका र छक्का प्रहार गरेर सहजै लक्ष्य पूरा गराए।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रनको योगदान दिए पनि अर्धशतकबाट चुकेका थिए। गुलशन झाले ३४ रन बनाएका थिए। कुशल मल्ल २६, रोहित २५, कुशल भुर्तेलले २०, करण केसी ९ रन बनाएका थिए।
सम्बन्धित खबर
एलजी एशोसियसन कास्की लिग च्याम्पियन
निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि
पोखरामा सडक दौड: तेञ्जेन र कविता प्रथम
भिरकोटमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
महेन्द्रपुल यू-२३ बास्केटबल सुरु
शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग