गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता तेस्रो दिन पनि जारी रहेको छ ।
पोखरा रंगशाला टेनिस कम्लेक्समा जारी प्रतियोगिताको यू १४ ब्वाइज सिंगल्सतर्फ आयर्शराज पौडेल र अभिषेक बयलकोटी शिर्ष स्थानका लागि भिड्ने भएका छन् भने यू१८ तर्फको शिर्ष स्थानका लागि सन्दिप विकले शाश्वत बज्रचार्यको सामना गर्ने भएका छन् ।
यू–१४ ब्वाइज सिंगल्समा आर्यश राज पौडेलले अनमोल सार्कीलाई ६–१, ६–१ ले पराजित गरी फाइनलमा स्थान बनाउँदा तथा अभिषेक बयलकोटीले सहंश बस्नेतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बीकले फाइनल खेलमा आर्यश राज पौडेललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै विजेता बनेका छन् ।
आइतबार सम्पन्न खेलमा यू–८ गर्ल्स सिंगल्सतर्फको फाइनलमा वाणी राजभण्डारीले निवेदी सुनारलाई १०–१, १०–० ले पराजित गरिन् भने यू–८ ब्वाइज सिंगल्समा रामा अल्बर्टोले सहर्ष कायस्थलाई ११–९, १०–७ ले फाइनलमा हराए ।
यू–९ ब्वाइज सिंगल्समा सवज्र्ञ जंग खत्रीले सोनम टी घलेलाई फाइनलमा ४–२, ४–१ ले पराजित गरे भने यू–९ गर्ल्स सिंगल्समा वाणी राजभण्डारीले सेजल राना मगरलाई ४–१, ४–१ को सोझो सेटमा पराजित गरिन् ।
त्यस्तै यू–१० गर्ल्स सिंगल्समा निम्ती कुँवरले सहारा कायस्थलाई ६–१, ६–३ ले पराजित गर्दा सोनाम घलेले सर्वज्ञजङ खत्रीलाई पराजित गरी विजेता बने ।
यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई ६–१, ६–१ ले पराजित गर्दै बिजेता बन्दा यू–१२ गर्ल्स सिंगल्समा निम्ती कुँवरले राजिशा जोशीलाई ६–४, ६–१ ले पराजित गर्दै पहिलो भइन् ।
यू–१४ गर्ल्स सिंगल्समा बोनी एस म्याक्लागन उपस्थित नभएपछि राजिशा जोशी वाकओभरमार्फत विजेता घोषित भएकी छन् ।
आइतबार सम्पन्न फाइनल खेलका विजेता तथा उपविजेता खेलाडीहरुलाई गण्डकी प्रदेश टेनिस संघले गिफ्ट ह्याम्पर, मेडल तथा प्रमाणपत्र वितरण गरेको छ ।
प्रतियोगिताले नेपालका युवा टेनिस खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जुनियर टेनिसको विकासमा योगदान पुर्याउने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन