अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमला : ३ जनाको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमला : ३ जनाको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

Huthi

काठमाडौं । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ। भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।

मृतकको पहिचान खुलेको छैन। उक्त घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ।

उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला गरेको हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ