पोखरा । रेडियो जननीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखराका ६ आमालाई आमा अवार्ड प्रदान गर्ने भएको छ । पहिलो आवाज उद्यमशीलताका लागि दोस्रो आवाज स्वतन्त्रताका लागि, तेस्रो आवाज समानताका लागि भन्ने उद्घोषका साथ सञ्चालित रेडियोले यसै वर्षबाट आमा अवार्ड वितरण गर्न लागेको हो ।
विगतका वर्षमा पनि आमा सम्मान गर्दैै आएकोमा संस्थाले यसै वर्षबाट आमा अवार्ड वितरण शुरु गरेको जनाएको छ । उक्त अवार्ड ९५ वर्ष माथिका आमाको रेखदेख गरिरहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीका परिवारलाई प्रदान गर्न लागिएको आमा अक्षयकोषका संरक्षक तथा पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । आमाको पालनपोषण महत्वपूर्ण कार्य हो ।
वर्तमानमा आमालाई वृद्धाश्रम छोड्ने प्रवृत्ति देखिन थालेको अवस्थामा संस्थाले आमाको सम्मानका खातिर परिवारलाई अवार्ड प्रदान गर्न लागेको उनले थपिन् । भट्टराई भन्छिन्– ‘संस्थाका शुभेच्छुक शुभचिन्तकले आफन्तजनको स्मृति र सम्मानमा स्थापना गरेको अक्षयकोषको व्याजबाट पहिलोपटक मिडिया हाउसले उक्त सम्मान प्रदान गर्न लागेको हो ।’ उक्त अवार्डका लागि मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमको संयोजकत्वमा गठित तीन सदस्य समितिले जुन वडाका दाताले अक्षयकोष स्थापना गरे त्यही वडाका आमाको परिवारलाई सम्मान गर्ने कार्यविधि बनाएर प्रतिभा छनौट गरेको हो ।
वडा कार्यालयको समन्वयमा ९५ वर्ष माथिका आमाको सूची तयार गरी मनोनयनमा परेका १९ आमामध्येबाट छ जनालाई छनौट गरिएको संयोजक असफल गौतमले जानकारी दिए । मनोनयनमा परेका प्रत्येक परिवारका घरको अवस्था केलाएर रेडियोमा आमा अक्षयकोष स्थापना भएका कास्की जिल्लाका वडा नं. ४, ६, १४ र १६ का परिवारलाई यसरी सम्मानित गर्न लागिएको छनौट समितिकी सदस्य सम्झना थापा बताउँछिन् । जसमा पोखरा–१६ बाटुलेचौर निवासी चित्राकुमारी थापा, पोखरा १४ निवासी मन्धरा गुरुङसेनी, पोखरा–६ का असली लामिछाने, नन्दकली पौडेल, सुकमाया सुनार्नी, पोखरा–४ की उमादेवी गोथाजुका परिवार रहेका छन् ।
वडा ६ बाट तीन वटा आमा अक्षयकोष भएकाले उक्त वडाबाट तीन जना परिवार परेको समितिले जनाएको छ । उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित आकर्षक अवार्ड प्रदान गर्न लागिएको हो । उक्त अवार्ड यही मार्च ८ अर्थात् फाल्गुन २५ गतेका दिन शुक्रबार बिहान १२ बजेबाट माउण्ड कैलाश रिसोर्टमा वितरण गरिने जनाइएको छ ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन