गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित एक महोत्समा गायिका एलिना चौहान र एकजना साउन्ड टेक्निसियनबीचको भनाभनको विवाद अझै साम्य भएको छैन। विवादको विषयले यतिबेला संगीतिक क्षेत्र तातेको छ ।
उक्त घटनालाई लिएर ६ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा नै गरे। त्यसपछि एलिनाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनालाई लिएर सार्वजनिक रुपमा फेसबुकमार्फत माफी नै मागिन्।
एलिना चौहानलाई माफी माग्न बाध्य पारेपछि लोक दोहोरी गीत प्रतिष्ठानले साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार, असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको छ । अध्यक्ष रीता थापा मगरले एक विज्ञप्ति जारी गर्दै साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गरिएको छ ।
पूर्व अध्यक्ष बद्री पंगेनी पनि एलिना चौहानको बचाउमा उत्रिए
चर्चित लोकदोहोरी गायक एवं प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले बिहानै एलिनालाई मात्रै दोषी देखाउनु गलत हुने बताएका थिए । उनले घटनाको कारक एलिना मात्रै नभएर साउन्ड सिस्टम व्यवसायीहरूले पनि यसमा आफ्नो कमजोरी स्वीकार्न सक्नुपर्ने मत राखेका छन्।
पंगेनीले सामाजिक सञ्जालमार्फत एलिनाले कमजोरी स्वीकारिरहँदा साउन्ड सिस्टम व्यवसायीलाई पनि दूध धोएको मान्न नसकिने बताएका छन्।
‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन्? हो भने साउण्ड सिस्टम व्यावसायी साथीहरूले प्रष्ट पारिदिनुपर्यो, उहाँले ठूलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्यो’, पंगेनीले भनेका छन्, ‘सम्बन्धित निकायसँग छलफल गर्नुपर्यो। होइन भने तपाईंहरूको सामूहिक धारणा आइरहँदा, गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहादिनुभएको हो?’
पंगेनी त्यतिमै रोकिँदैनन्। उनले प्राविधिकबाट गल्ती नगर्ने भाष्य साउन्ड सिस्टम व्यवसायीले बनाइरहेको पनि बताएका छन्।
‘प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन? गहनरूपमा सोचौँ न साथीहरू, आखिर सबैलाइ सबै चाहिन्छ’, उनले भनेका छन्, ‘कुनै पनि घटनाको कारक दुवै पक्ष हुन्छ। साउन्ड सिस्टम र कलाकार एकअर्काको परिपुरक हुन्, मिलेर अगाडि बढ्नुपर्छ। व्यवसायमा निषेधको संस्कृति गलत हुन्छ।’
सम्बन्धित समाचारः
पर्वत घटनाको साइड इफेक्टः
एलिना चौहानले माफी नमागेसम्म सहभागी कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा
गायिका एलिना चौहानले मागिन् माफी, भन्छिन्ः माईकबाटै भन्नू मेरो कमजोरी थियो
सम्बन्धित खबर
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
आज राति १२ बजेदेखि नेपालसँग जोडिएका भारत चीन सीमा नाका बन्द हुने
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु