प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी दिनमा संसद सहजै रूपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन्।
‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ सरकारको पक्षबाट विवादस्दपद मन्त्रीलाई केही कारबाही गरेको सेन्समा प्रधानमन्त्रीले हामीले सम्बन्धित कुरालाई सम्बोधन गरेर आएका छौं भन्नुभयो’, सचेतक थिङले भनिन्, ‘उहाँकै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगिमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धनमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ साँच्चिकै उथलपुथल गर्नुभएछ।’
कांग्रेस सचेतक थिङले यसबाट निष्पक्ष अनुसन्धन हुन नसक्ने आशंका व्यक्त गरिन् यसैगरी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएकोले यी सबै विषय निराकरण नभएसम्म सदन सहज रुपमा चल्न नदिने चेतावनी पनि दिइन्।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’