काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले र कांग्रेस मिल्दा कहाँ जानुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले के होला भन्दै प्रश्न सोधेका हुन् ।
‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,’ उनले भने, ‘तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने बताए ।
‘कुरा नचल्ने भनेर भन्नुभयो पूर्व प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ,’शर्माले भने ।
यस्तै शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठुलो पार्टी नभएको बताए । ‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौँ भन्दा गर्दा मुस्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ ?’, शर्माले भने ।
महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेको विषय मिलान भएको हो भन्दै प्रश्न गरे ।
बुधबार प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर बोल्दै उनले सो प्रश्न उठाएका हुन् । “सदन विघटन ठिक थियो भनिएको तथ्य इरेज नगरी मिलिसकेको अवस्था हो ? हाम्रो कारणले समय खेर गएको हो ? कांग्रेस जिम्मेवार हो ?,” उनले भने ।
महामन्त्री शर्माले नयाँ दल जन्ममितिको आधारमा मात्र नहुने उल्लेख गरे ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’