काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको गठबन्धन सरकार दुई महिनामा फेर्दा अस्थिरता नहुने अहिले डेढ वर्षपछि आफ्नो गठबन्धन भत्कँदा अस्थिरता भन्ने भनी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताए । नयाँ सत्ता समीकरण निर्माणमा बाह्य शक्तिको हात नरहेको बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेस । राम्रो जति सबै आफैले गरेको । अरूलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली कांग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरू पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरू । हाम्रो देश भित्रका कामहरू त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले गर्यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाइलाई जस पनि हुन्छ नि अलिकति ।’
अध्यक्ष ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए ।
ओलीले भने, ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उनको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्यो भन्ने कारण । र अब उन के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरू सविस्तार बताए । र कुराहरू, कारणहरू चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रस्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ