पोखरा । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।
सम्बन्धित खबर
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु
आजको मौसम पूर्वानुमान
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग