बागलुङ । बाग्लुङको निसीखोला गाउँपालिका– ६ मा हिजो साँझ भएको बस दुर्घटनामा एक जना पत्रकारले पनि ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं. ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् । परियार अन्नपूर्णपोष्ट दैनिकको रुकुम संवाददाताका रुपमा कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघ रुकुम शाखाको सह–सचिवसमेत हुन् ।
परियारसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।
यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पत्रकार परियारको निधनप्रति दुःख व्यक्त गर्दै परियारको निधनले आफू निकै मर्माहत स्तव्ध भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो बेलुकी भएको बस दुर्घटनामा विक्रम परियारको निधनले स्तब्ध बनाएको छ । भाइ विक्रमको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो