उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।
८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
होली पश्चात् साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोसी नदीमा उनीहरू डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले कोसी नदीबाट उद्धार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाकारी दिएका छन् ।
बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको छ। आइतबार अपराह्न ३ बजे बालबालिकाहरू धाप्लाङघाटको सुनकोशी नदीमा पौडि खेल्न गएका थिए ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा
इतिहासकार ज्ञानमणि नेपालको निधन
१७ दिनकी सुत्केरीको हत्या, श्रीमान् पनि मृत फेला
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
कांग्रेसले राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम नराेक्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग