पोखरा । कास्की निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।
‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यसप्रकारणको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’
वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईको भनाइ थियो । ‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणाली विकाश गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् । गत वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो । त्रिविले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन