वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,मुस्ताङमा साउन २९ गते देखि भाषणकला सम्बन्धि तालिम सुरु भएको छ | गाउँपालिकाको सभाहलमा संचालित उक्त तालिमको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले ब्यानर पढेर कार्यक्रम उद्धाटन गरेका थिए |
पाँच दिन सम्म संचालन हुने उक्त भाषण तथा लेखन सम्बन्धी तालिममा रेडियो,टेलिभिजन तथा स्टेजमा गरेर १५ वर्षको अनुभव बटुलेका गोबिन्द थापा सहजकर्ताको रुपमा रहेका छन् |

तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जनप्रतिनिधिलाई तालिमको लागि अन्यत्र पठाउँदा सिमितले मात्र लाभ लिन सक्ने भएकाले यो पटक गाउँपालिकामा नै कार्यक्रम आयोजना गरेको बताए |साथै यो अवसर बिरलै जुट्ने भन्दै तालिममा कर्मचारी,आमा समुह प्रतिनिधि,युवा क्लब,बाल क्लब,स्थानीय विद्यालयका शिक्षक देखि बिद्यार्थीसम्मलाई भाषण कला तालिममा सहभागी गराइएको जानकारी दिए |
त्यस्तै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले यो तालिमले सहभागीहरु सबैमा बोल्ने कला बिकास भई निर्धक्कका साथ आफ्ना कुराहरु राख्न सक्ने अपेक्षाका साथ सबैलाई सकृयता पुर्वक सहभागी भई प्लेटफर्मको भरपुर उपयोग गर्न आग्रह गरे |
साथै तालिममा सहभागीहरुले पाँच दिन सम्म संचालन हुने यो तालिमबाट आँफुहरुले लेखन तथा भाषण कला क्षमता बिकासमा दख्खल हुने अपेक्षा समेत राखेका छन् |

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु