डोल्पा । डोल्पामा डढेलो निभाउन गएका एक सैनिकको मृत्यु भएको छ ।
डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका सिपाही हेमन्त रावलको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो ।
यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो ।
उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।
तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेका थिएनन् ।
सम्बन्धित खबर
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
आज देशभरको मौसम कस्तो रहन्छ?
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको बस रिडीमा दुर्घटनाः घाइते सहचालकको मृत्यु
पूर्व प्रधानसेनापति सिंहको निधन
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग