पोखरा । कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ ।
समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए ।
पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उनले बताए ।
धार्मिक एवम् पर्यापर्यटनका दृष्टिले आकर्षक गन्तव्य डहरे देउराली एवम् अन्धाअन्धी दहको दर्शन गरेमा मनोकांक्षा पूरा हुने प्राचीन जनविश्वास समेतले टाढाटाढाबाट दर्शार्थीहरू आउने गर्दछन् । पछिल्ला समयमा यी स्थलको संरक्षण र प्रवद्र्धनमा विभिन्न संघ संस्थाले जोड दिंदै आएका छन् ।
समाजले यस अघिका वर्षमा पनि विभिन्न गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिए । उनका अनुसार समाजले स्याङ्जाको धार्मिक एवम् ऐतिहासिक स्थल नुवाकोटस्थित काला भैरव मन्दिर, बाग्लुङको पञ्चकोट, बाग्लुङ कालिका, पर्वत बाग्लुङका अग्ला पुलहरूको प्रवद्धनात्मक भ्रमण गरिसकेको छ ।
प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रवती अधिकारी, सन्तोष ढुङ्गाना र सुमित्रा उदाश(मल्ल) सदस्य रहनुभएको उपसमिति समेत गठन गरिएको छ ।
भ्रमणकै अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिने भएको छ । क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहनुभएको उपसमिति पनि गठन गरिसकिएको समाजले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’