पोखरा । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा मूल्य बढेको हो ।
अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
सम्बन्धित खबर
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको बस रिडीमा दुर्घटनाः घाइते सहचालकको मृत्यु
पूर्व प्रधानसेनापति सिंहको निधन
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
आज ३१औं मदन–आश्रित स्मृति दिवस
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग