पोखरा। पोखरामा स्कार्पियो र माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका -७ राष्ट्रबैंक चोकमा स्कार्पियो र पर्यटक बोकेको माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ।
प्रहरीका अनुसार बिहिबार बिहान अन्दाजी ४:४० बजे सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नंवरको स्कार्पियो र ड्याम साइडबाट मुस्ताङचोकतर्फ जाँदै गरेको चिनियाँ पर्यटक बोकेको बा १ प ८५२ नंवरको माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएका हुन्।
घाइते हुनेहरूको ढाड, खुट्टा र हातमा चोट लागेको छ भने उनीहरू सबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पार्किङमा रहेको बा २१ प ११५२ नंवरको स्कुटर र स्थानीय श्याम सुन्दर बरालको घरको सटरमा समेत क्षति पुगेको छ।
घटनास्थलमा प्रहरी नायव निरीक्षक यम बहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरीको टोलीले दुवै सवारीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्यो वार्षिक प्रतिवेदन
पोखरा शिशुवामा रहेको चक्रदेवी सहकारी तोडफोड, ९ जना पक्राउ
पृथ्वीचोकमा बसबाट झर्नासाथ तानातान गरेर हैरान पारेको आरोपमा ७ जना पक्राउ
पोखराको प्राइम सहकारी ठगी कसूरमा थप एक पक्राउ
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग