पोखरा । गायिका एवं उद्यमी शान्ति श्रीसले सञ्चालन गर्दै आएको ग्लोरी फेशन होमको शाखा विस्तार गरिएको छ ।
पोखरा–८, सुन्दरमार्गस्थित ग्लोरी फेशन होमको शुक्रबार पहिलो शाखाको विस्तार गरिएको हो । सो बुटिकको नयाँ शाखाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले ग्लोरी फेशन होमले देश तथा विदेशमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताइन् ।
अहिलेको आर्थिक मन्दीमा व्यवसायीहरूले सटर बन्द गर्नुपरेको अवस्थामा पनि उद्यमी श्रीसले जोखिम मोलेर लगानी गरेको भन्दै प्रदेशसभा सदस्य गुरुङले अन्तर्राष्ट्रिय बजारसम्म बुटिकले ख्याति प्राप्त गर्न सकेकोमा बधाई पनि दिइन् । साथै, उनले कैयन्लाई रोजगारी दिन समेत सक्षम बनेको भन्दै आगामी दिनमा अझ धेरै जनालाई रोजगारी दिन सफलता मिलोस् भनी शुभकामना दिइन् ।
त्यस्तै, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनमान प्रजापतिले सटर बन्द गरेर हिँड्नु परेको अवस्थामा बुटिकको नयाँ शाखा विस्तारले अन्य व्यवसायीलाई पनि हौसला प्रदान गर्ने भनाइ राखे । ग्लोरी फेशन होमले पोखरामा मात्र नभइ गण्डकी प्रदेशभरि नै शाखा विस्तार गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रजापतिले युवाहरू विदेश पलायन भइरहेको अवस्थामा गरिएको यस लगानीले विषम् परिस्थितिमा पनि अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जना गर्न योगदान गर्ने विश्वास व्यक्त गरे ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा पाण्डे थापाले नयाँ बुटिकको स्थापनाले सम्पूर्ण व्यवसायीहरूलाई नै ऊर्जा मिलेको बताइन् । त्यसैगरी, बुटिक एशोसिएसन नेपाल, पोखराकी अध्यक्ष समेत रहेकी उद्यमी शान्ति श्रीसले निकै मेहनतका साथ आफू अहिलेको अवस्थामा आइपुगेको भन्दै बुटिक व्यवसायलाई अघि बढाउन आफूलाई सबैको साथ मिलेको बताइन् । बुटिकको शुभारम्भ कार्यक्रममा बागलुङ–पोखरा मगर समाजका कार्यवाहक अध्यक्ष सुबेदार मेजर चन्द्रबहादुर थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था, अध्यक्ष रूद्रबहादुर श्रीस, महासचिव सुमन गुरुङ, राजनीतिशास्त्र संघ नेपालका उपाध्यक्ष फरेन्द्र थापालगायतले शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’