पोखरा । गायिका एवं उद्यमी शान्ति श्रीसले सञ्चालन गर्दै आएको ग्लोरी फेशन होमको शाखा विस्तार गरिएको छ ।
पोखरा–८, सुन्दरमार्गस्थित ग्लोरी फेशन होमको शुक्रबार पहिलो शाखाको विस्तार गरिएको हो । सो बुटिकको नयाँ शाखाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले ग्लोरी फेशन होमले देश तथा विदेशमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताइन् ।
अहिलेको आर्थिक मन्दीमा व्यवसायीहरूले सटर बन्द गर्नुपरेको अवस्थामा पनि उद्यमी श्रीसले जोखिम मोलेर लगानी गरेको भन्दै प्रदेशसभा सदस्य गुरुङले अन्तर्राष्ट्रिय बजारसम्म बुटिकले ख्याति प्राप्त गर्न सकेकोमा बधाई पनि दिइन् । साथै, उनले कैयन्लाई रोजगारी दिन समेत सक्षम बनेको भन्दै आगामी दिनमा अझ धेरै जनालाई रोजगारी दिन सफलता मिलोस् भनी शुभकामना दिइन् ।
त्यस्तै, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनमान प्रजापतिले सटर बन्द गरेर हिँड्नु परेको अवस्थामा बुटिकको नयाँ शाखा विस्तारले अन्य व्यवसायीलाई पनि हौसला प्रदान गर्ने भनाइ राखे । ग्लोरी फेशन होमले पोखरामा मात्र नभइ गण्डकी प्रदेशभरि नै शाखा विस्तार गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रजापतिले युवाहरू विदेश पलायन भइरहेको अवस्थामा गरिएको यस लगानीले विषम् परिस्थितिमा पनि अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जना गर्न योगदान गर्ने विश्वास व्यक्त गरे ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा पाण्डे थापाले नयाँ बुटिकको स्थापनाले सम्पूर्ण व्यवसायीहरूलाई नै ऊर्जा मिलेको बताइन् । त्यसैगरी, बुटिक एशोसिएसन नेपाल, पोखराकी अध्यक्ष समेत रहेकी उद्यमी शान्ति श्रीसले निकै मेहनतका साथ आफू अहिलेको अवस्थामा आइपुगेको भन्दै बुटिक व्यवसायलाई अघि बढाउन आफूलाई सबैको साथ मिलेको बताइन् । बुटिकको शुभारम्भ कार्यक्रममा बागलुङ–पोखरा मगर समाजका कार्यवाहक अध्यक्ष सुबेदार मेजर चन्द्रबहादुर थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था, अध्यक्ष रूद्रबहादुर श्रीस, महासचिव सुमन गुरुङ, राजनीतिशास्त्र संघ नेपालका उपाध्यक्ष फरेन्द्र थापालगायतले शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह