पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।
अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस सङ्क्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।
एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर सङ्क्रमित स्तनधारी जनावरहरूको संख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको संख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौँ पशुपक्षीहरू सङ्क्रमित भएका छन् ।
गत महिना गाई र बाख्रामा पनि बर्डफ्लुको लक्षण देखिए पछि यसलाई अति संवेदनशील रूपमा विज्ञहरूले लिएका छन् । अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईबस्तुको सम्पर्कमा आएपछि बर्ड फ्लूको सङ्क्रमित भएको पुष्टि गरेका थिए ।
सङ्क्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ । टेक्सासको स्वास्थ्य विभागले गाईबस्तुमा सङ्क्रमण व्यावसायिक दूध आपूर्तिको लागि चिन्ताको विषय नभएको प्रतिक्रिया दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले भने, ‘टेक्सासमा भएको घटना एउटा गाईबाट एभियन इन्फ्लुएन्जाबाट मानिसमा सङ्क्रमित भएको पहिलो घटना हो ।’
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु