इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन् । प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।
सुरुवाती परिणाममा १२३ मतले पछि परेका नेम्वाङले फाकफोकथुम गाउँपालिका- १, २, ३, ४, ५ र ६ को मतगणना सकिएर ७ जारी रहँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिन्दै ७८३ मतको अग्रता बनाएका हुन् । नेम्वाङले ४ हजार २५८ मत पाएका छन् भने खड्काले ३ हजार ४७५ मत पाएका छन् ।
त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले १ हजार ७०३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ५३४ मत ल्याएका छन् । यसअघि एमाले र रास्वपाबीच प्रतिष्पर्धा हुने अनुमान धेरैको थियो । ग्रामीण क्षेत्रको मतगणना भइरहँदा एमालेले पार्टी मत धेरै हदसम्म जोगाउन सकेको देखिन्छ
माओवादी पृष्ठभूमिका पूर्व पत्रकार मिलनलाई अन्तिम समयमा पार्टी फेरेको भनेर आलोचना पनि देखिन्थ्यो । पहिचान पक्षधरभन्दा पनि निकै पछि घण्टी रहेको छ । प्रारम्भिक नतिजा हेर्दा भने स्वतन्त्र उम्मेदवारसँग तेस्रो स्थानका लागि रास्वपाको प्रतिस्पर्धा भइरहेको छ ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो ।
कांग्रेसले चाहिँ आमचुनाव २०७९ मा प्राप्त मत जोगाउन सकेको देखिँदैन । त्यसबेला एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले कांग्रेसका खड्का पराजित भएका थिए । त्यसबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ हुँदा ३० हजार २० मत ल्याएर सुवास नेम्वाङले जितेका थिए ।
यो उपचुनावमा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ भने माओवादीको समर्थन एमालेलाई छ । त्यसैले कांग्रेस उम्मेदवार पछाडि पर्नु अस्वभाविक होइन ।
सम्बन्धित खबर
एमालेले बाढीपीडितलाई कम्तीमा एक करोड २० लाख राहत दिने
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो