पोखरा । गत १० मंसिरमा पोखराको रानीपौवामा भएको भयानक दुर्घटनामा परी घाइते भएका १९ वर्षीय क्षितिज नेपालीको साढे ५ महिनापछि निधन भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भई पोखराको नदिपुर बस्दै आएका क्षितिज रानीपौवामा हजुरआमालाई भेटेर मोटरसाइकलमा घर फर्कने क्रममा राति पौने ११ बजे स्कुटरसँग ठोक्किएका थिए । त्यसपछि उनी अर्को लेनमा बजारिँदा गुडिरहेको बस मुनि परेका थिए ।
क्षितिजको उपचारका लागि आवश्यक खर्च नहुँदा जीवन संकटमा रहेकै बेला पदम नेपाल लगायतको पहलमा क्षितिज बचाऔं अभियान सुरु गरियो । त्यसपछि अभियानले निरन्तर सहयोगको याचना गरी रकम संकलन गर्दै आएको थियो । करिब ६ लाख रकम संकलन गरी उपचार गर्दै आएको पदमले बताए ।
टाउकोमा गम्भीर चोटका कारण मस्तिष्कमै असर पुगेकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको थियो । उनको टाउकोमा ३ पटकसम्म अपरेशन गरिएको थियो ।
धेरै लामो समयसम्म होसमा नआएको उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहँदा टाउकोमा पानी जमिरहने समस्या देखिएको थियो ।

नयाँपुल, पोखरा हुँदै काठमाडौ चल्ने संजोग ट्राभल्सको ना ५ ख १२३ नम्बरको बसभित्र मोटरसाईकलको अगाडिको भागसहित च्यापिएका क्षितिजलाई घटनास्थलका स्थानीयले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आकस्मिक कक्षमा लगेका थिए ।
क्षितिजको उपचारको शुरुवातको खर्च पनि अस्पताल लाने युवकले नै ब्यहोरेका थिए । टाउकोमा गम्भिर चोट लागेर अचेत अवस्थामा रहेका क्षितिजलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि परिवारको अत्तोपत्तो नभएका कारण भोलिपल्ट सोमवार चार बजेमात्रै टाउकाको शल्यक्रिया गरिएको थियो ।
टाउकोमा रगत जमेका क्षितिजको त्यतिबेलै खप्परको हड्डी निकालिएको थियो । १२ को अध्ययन समाप्तिपछि पोर्चुगल जाने आवश्यक प्रकृया पूरा गरेर निश्चित भएको भिसाको पर्खाइमा बसेका छोरा क्षितिज साढे ५ महिना अस्पतालको बेडमै पल्टेर परलोक हुँदा बुवा तिलक नेपाली पीडाले बेचैन छन् । सानैमा आमाले छाडेर गएपछि हुर्काएका एक्लो छोरा सानै उमेरमा गुमेपछि परिवारमा बज्रपात भएको छ ।

सम्बन्धित समाचारः
स्कुटरसँग ठोक्किएपछि बसमा च्यापिएका युवकको उपचार खर्च अभावले जीवन संकटमा
पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो