अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ ।
अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमल कुमार गुरुङले पारिजातको व्यक्तित्व स्मरण गर्दैदार्जीलिंगमा जन्मिएकी विष्णु कुमारी वाइबालाई जीवन्त राख्ने नाम पारिजात भएको बताए ।
उनले मदन पुरस्कार प्राप्त उनको उपन्यास शिरिषको फूलबाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको पनि स्मरण गरे । पारिजातका ३ कवितासंग्रह, १० उपन्यास, निबन्ध तथा कथा कृति प्रकाशित छन् ।
कार्यक्रम संयोजक डा रूपक श्रेष्ठले प्रकट पंगेनी शिवको व्यक्तित्व चर्चा गर्दै ‘किन रोयौ भन तिमी मनको बलेसी’ मा जस्ता चर्चित गीत, ‘साँझमा दियो बालिराख्यौ को आउँदैछ आज’ जस्ता शृङ्गारिक गजलका स्रस्टा पंगेनीलाई बहुप्रतिभाशाली सर्जकका रूपमा चिनाए ।
अभिनयमा पनि अब्बल पंगेनीले २०३८ सालमा सरुभक्तको ‘गोलार्धको कालो आकाश’ नाटकमा गरेको अभिनयका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘सर्वश्रेष्ठ अभिनेता’ घोषणा गरेको इतिहाससमेत श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगतका लागि अक्षरयात्राका एकजना परिकल्पनाकार रहेकोसमेत चर्चा गरे । साथै उनले डा संगीता स्वेच्छाको ‘सेतो सिउँदो उपन्यासबारे चर्चा गर्दै श्रेष्ठले उपन्यास १८ वर्षको उमेरमा लेखिएको उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएकोसमेत बताए ।
२०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालीन देउराली गाउँ पञ्चायत २ मा जन्मेका प्रकटका ‘यो मन कतै अल्झेको छ’, ‘जूनको चिठी जूनालाई’, ‘गीतिसंग्रह’, ‘प्रणय वेदका हृचाहरु’ गजलसंग्रह र अक्षरभरि अक्षता कवितासंग्रह प्रकाशित छन् । उनका बाँकी रचना गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने तयारीमा रहेको प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीबाट जनकारी प्राप्त भएको छ ।
सोही समारोहबीच डा संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’को विमोचन गरिएको थियो ।
उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन् ।
समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ‘सेतो सिउँदो’ उपन्यास नारीको संघर्षको बेजोड कथा भएको बताइन् ।
कुमार केसीले साबी श्रेष्ठको ‘अपरिभाषित आभा’ विविध विषय समेटिएको मुक्तकहरुको संग्रह मोबाइल साइजको बनोट तथा मुक्तक अनुसारका रंगिन चित्रहरुको सजावटले कृति विशिष्ट भएको धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथि डा वीरेन्द्र अमात्य, अतिथि उर्मिला निर्दोषी, कुमार केसी, प्रेम खड्का, गङ्गा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेकबहादुर थापा, गोपी सापकोटा, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ, बिजय हितान, भोज बराल, प्रतिमा केसीलगायत सर्जकले रचना सुनाएका थिए ।
समाजकी उपाध्यक्ष माया गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा बासुदेव सापकोटा, प्रेम खड्का तथा जीत बुढाथोकीलाइ समाजको आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव मन्जु भण्डारी र कुमार केसीले गरेका थिए ।
सम्बन्धित खबर
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !