लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।
अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम समापनको संघारमा रहेको बताए ।
अध्यक्ष थापाले क्षमता अभिबृद्धि र शिप विकासलाई सँगसँगै अगाडी बढाईएको उल्लेख गरे । विद्यार्थीहरुका लागि पढ्दै, कमाउँदै कार्यक्रम अन्र्तगत बाह्र कक्षामा अध्ययनरत ११ जना छात्राहरुलाई बालविकास सम्वन्धी तालिम दिएर प्रशिक्षार्थीका रुपमा विभिन्न विद्यालयमा पठाईएको बताए । आगामी बर्षको बजेटमा वडाले शिपविकास, कृषि, शिक्षा र स्वास्थ्यमा थप प्रभावकारी बनाउन विशेष बजेट विनयोजन गर्ने स्पष्ट पारे ।
पोखरा महानगरपालिका वडा नं. २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।
४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन