पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधिले आफूहरू निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा संस्था र व्यक्तिलाई सहयोग हस्तान्तरण गरेका छन् ।
वडाध्यक्ष राधिका शाही योगी नेतृत्वको टिमले पदस्थापन दिवस (जेठ १२)को अवसरमा शुक्रबार पोखरा वृद्धाश्रम, मानव सेवा आश्रम र मस्तिष्क पक्षघात पीडितलाई आवश्यक दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरेको हो ।
जनप्रतिनिधिले शुद्ध पानी पिउने प्रयोजनका लागि यूरो गार्ड पोखरा वृद्धाश्रमका पदाधिकारीलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष योगीले आफूहरूले वृद्धाश्रममा सहयोग गर्दै आएको र यसमा अझ ध्यान दिने बताइन् । उक्त आश्रममा ५४ जना वृद्धवृद्धा छन् ।
त्यस्तै, मस्तिष्क पक्षघातबाट पीडित वडाभित्रका ६ जनालाई डसना, सिरानी, तन्ना, डाइपर हस्तान्तरण गरिएको छ । सहयोग लिएर जनप्रतिनिधिहरू पीडितको घरघरमा पुगेका थिए । वडाभित्रै शाखा रहेको मानव सेवा आश्रममा जनप्रतिनिधिले सरसफाइ सामग्री हस्तान्तरण गरे ।
२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत पोखरा–१७ को वडाध्यक्षमा एमाले उम्मेदवार शाही निर्वाचित भएकी थिइन् । सदस्यमा पनि एमालेकै विष्णुकुमारी थापा, तारा परियार, विक्रम गुरूङ र शिवराम भण्डारी निर्वाचित भएका थिए । शुक्रबार सहयोग हस्तान्तरण गर्न जनप्रतिनिधिसहित वडा सचिव प्रमिला सुवेदी, लेखापाल युवराज पौडेललगायत वृद्धाश्रम, मानव सेवा आश्रम र मस्तिष्क पक्षघात पीडितको घरमा पुगेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’