काठमाडौँ । आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ ।
सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मत्रालयका अनुसार हरेक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजदेखि शुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने छ ।
कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ । मेलाका लागि अस्ति मङ्गलवारदेखि दर्ता खुला गरिएको छ । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल रहनेछन् ।
मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
एमालेले बाढीपीडितलाई कम्तीमा एक करोड २० लाख राहत दिने
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो