पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालयमा भिड लागेको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीसँगै जिल्लामा अब पाँच स्थानबाट राष्ट्रिय परिचयपत्र पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले सूचना जारी गरी यसबारे जानकारी गराएको हो । कास्कीवासीले मात्र यस सुविधा प्राप्त गर्नेछन् ।
पोखरा महानगरपालिका वडा नं. १, १७ र २७ बाट राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । पोखराका सबै वडावासीले यी तीन स्थानबाट पनि सेवा लिन सक्नेछन् ।
यस्तै, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकावासीका लागि जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।
रुपा गाउँपालिकावासीका लागि भने इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्र वितरण हुने जनाएको छ ।
कास्कीको प्रमुख जिल्ला अधिकारीमा भरतमणि पाण्डे आएपछि राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया सहज बनाउन सामाजिक सुरक्षा भत्ताग्राहीका लागि बिहानै ८ बजेदेखि नै सेवा दिन थालिएको थियो ।
सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको अवस्था छ । अदालतले फैसला भने गरिसकेको छैन ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प