देशको अग्रणी कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा.लि.ले आफ्नो उत्पादन ‘चोकोफन बिगफन, ह्याप्पी न्यू प्याक टु यू ’ नयाँ प्याकमा बजारमा ल्याएको छ ।
चोकोेफन बिगफनमा चकलेटले भरिएको क्रिप्सी, क्रन्ची वेफरका ४ तहहरु हुन्छन् । त्यो भन्दा माथि बेनिला स्ट्रिपहरु हुन्छ । जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।
चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक देखिन्छ । जसले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्ने कम्पनीले विश्वास लिएको छ ।
‘चम्किलो रातो रंग र सुनौलो रंगले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाएको छ, बिगफनको लोगोलाई अझ बढी प्रस्ट र आकर्षक रुपमा देखाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बेनिला स्ट्रिपसहितको वेफर पनि आकर्षित ढङ्गमा देखाइएको छ, जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्दछ ।’ चोकोफन बिगफन १५ ग्राममा जार र प्याकेटमा बजारमा उपलब्ध छ । यसको उपभोक्ता मूल्य १० मात्र कायम गरिएको छ ।
चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रवर्द्धन ‘ह्यापी न्यू प्याक टु यू’ नाराका साथ राष्ट्रव्यापी रुपमा प्रवर्द्धन अभियान जारी रहेको कम्पनीले विज्ञप्तिमा मार्फत जनाएको छ । प्रवर्द्धन अभियानलाई मुख्यतः डिजिटल माध्यम तथा सोसल मिडियाबाट बढी गरिएको कम्पनीले जनाएको छ ।
‘चोकोफन बिगफनको उत्पादन संसारकै अत्याधुनिक वेफर उत्पादन प्रविधिको अटोमेटिक मसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिन्छ । अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस चोकोफन बिगफनको गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चोकोफन बिगफन अत्यन्तै सुरक्षित तथा एअर टाइट प्याकमा प्याकिङ गरिने हुनाले यो स्वस्थकर हुनुको साथै शुद्ध रहन्छ । ६० पिसको आकर्षक जारका साथै १२ पिसको प्याकेटमा बजारमा उपलब्ध छ ।’
लक्ष्मी ग्रुप अन्तर्गतको सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी हो । जुन आइएसओ २२०००ः२०१८ प्रमाणित छ । सुजल फुड्सले विगत ५० वर्षदेखि अन्तर्रास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी लगायत उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान, फ्रेसडेन्ट लगायत छन् ।
‘चोकोफनको नयाँ प्याक पनि उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंग भइ धेरै रमाइलो र खुसी प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी विश्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचारः
सफलको कुजिन लाइन सार्वजनिक, ‘सफलमै छ, असली स्वाद’
सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा
सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर
सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
सम्बन्धित खबर
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
सरकारले सार्वजनिक गर्याे ०८३ सालमा हुने बिदाको सूची
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश
कारबाट झरेर पैदलयात्रीलाई मुक्का हान्ने पक्राउ
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज २६३औँ सेना दिवस : टुँडिखेलमा विशेष समारोहको आयोजना
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?