सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

sarathi

पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिए ।

कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यलय नदिपुरमा विहान ११ बजेदेखि दिउँसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिने छ । साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा सहभागी हुन केन्द्रका अध्यक्ष उदासले अनुरोध गरेका छन् ।

संकलन भएको उत्पादनका नमुनाबाट उत्कृष्ट उत्पादनहरुको कोशेलीघर मार्फत बजारीकरण गरिने छ । कोशेलीघरले पोखरा घुम्न आएका पर्यटक तथा स्थानिय उत्पादन मनपराउनेका लागि उत्पादनहरु लक्षित गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds