गुल्मीमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु, १ बेपत्ता

गुल्मीमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु, १ बेपत्ता

pahiro

गुल्मी । गुल्मी पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर वर्ष ५६ का भेषबहादुरसहित उनकी बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिकको मृत्यु भएको हो ।

पहिरोमा भेषबहादुरकी श्रीमती बर्ष ४७ की सुन्तली बिक बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds