पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै डिष्ट्रिक्ट गभर्नर थापाले जहाँ दुःख, जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मन्त्रअनुसार दुःखमा रहेका तीन जना मृतकको परिवारलाई मलम पट्टी हुन्छ भन्ने हेतुले रकम हस्तान्तरण गरिएको बताइन् । उनले अनिसा बाँस्तोलाका छोराको उच्च शिक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
डिष्ट्रिक्ट गभर्नर थापासँगै पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, असिष्टेन्ट चीफ एडभाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका ७ का वडाध्यक्ष खड्क सिंह थापा, एरिया ट्रेजरर जयराम आचार्य, जोन चेयर पर्सन महेश्वर रिमाल, लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीका अध्यक्ष चित्र गुरुङ, टोल अध्यक्ष खिमलाल गिरी लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको असिस्टेन्ट चिफ एडभाइजर सन्तोष घिमिरेले जानकारी दिए ।
असिस्टेन्ट चिफ एडभाइजर घिमिरेले सहजीकरण गरेको कार्यक्रममा वडाध्यक्ष खड्क सिंह थापाले समेत बोलेका थिए ।
असार २२ गते शनिबार दिउँसो सवा ३ बजे शुक्लागण्डकी ७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो । पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएका एक जनाको सोही दिनमा फेला परेको थियो भने भोलिपल्ट बिहान थप दुई जनाको शव भेटिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह