पोखरा । अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् एक नेपाली नर्स दुई सातादेखि बेपत्ता भएकी छन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी २८ वर्षीया ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् ।
मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।
काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेका छन् । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरेका छन् ।
ममताले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफ्नो श्रीमान्सँग खटपट परेको संकेत गरेकी थिइन्।
उनका अनुसार ममता ६ महिने बच्चाकी आमा हुन्। उनले सामाजिक सञ्जालमार्फत श्रीमान्सँग अलग हुन चाहेको उल्लेख गरेकी थिइन्।
यसको केही दिनपछि उनी बेपत्ता भएकी हुन्।
उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् ।
प्रहरीका अनुसार, श्रीमानले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह