पोखरा । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामुहिक रुपमा दर खाने रकम संकलन गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काप्mलेले जानकारी दिए ।
“समाजका विपन्न एवम् असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ” उनले भने, आवश्यकता अनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ ।”
यस अघि विद्यालय सञ्चानार्थ वडा सदस्य शिवराम भण्डारीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । सरकारी एक वर्षको सेवा सुविधा तीन लाख र दुई लाख थप गरि विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।
विद्यालय सञ्चानार्थ एक करोडको अक्षयकोष पु¥याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवम् व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उनको भनाई छ ।
कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु