मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीया र तीन वर्षीया नाबालिका मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको आज करिब साढे चार बजे फेला परेको हो । प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन् ।
मोरङ प्रहरीका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । शनिवार दुई छोरीको शव फेला परेको हो । आमा भने सम्पर्कविहीन छन् ।
बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने