सुरुङमार्ग नजिकै पहिरो जाँदा नौबिसे – काठमाडौं सडक पूर्ण अवरूद्ध

सुरुङमार्ग नजिकै पहिरो जाँदा नौबिसे – काठमाडौं सडक पूर्ण अवरूद्ध

गाडी आधा पुरियो

pahirrooo

काठमाडौं । नौबिसे – काठमाडौं सडकखण्ड अन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

सोमबार दिउँसो मुग्लिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन करिब दुई घण्टा लाग्ने धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।

पहिरोले एउटा गाडी आधा पुरिएको छ । पहिरोमा एउटा स्करपियो गाडी परेपनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ ।

सडकमा आधा पुरिएको अवस्थामा रहेको उक्त गाडीलाई सुरङमार्ग निर्माणमा प्रयोग भएको साधनले निकालिँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ