काठमाडौँ । कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ भनिने सूर्यमान शंकर पक्राउ परेका छन्।
ललितपुर उपमहानगरपालिका–२४, धपाखेल स्थायी वतन भई हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय कलाकार इकुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।
उनले युरोपेली देशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने भनेर पहाडी र विकट जिल्लाका युवाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।
गतिलो काममा आम्दानी पनि राम्रो हुने लोभ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कलाकार इकुले आफूले संचालन गरिरहेको एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आईएमई बैंक लि. मा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ।
कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसादेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।
रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्तमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गरेको प्रहरीको आरोप छ।
शंकरलाई भदौ २५ गते काठमाडौँको बूढानीलकण्ठ–३, हात्तिगौंडाबाट पक्राउ गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साथै, उल्लेखित व्यक्तिबाट ठगिएको भए यथाशिघ्र ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ