जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको छ।
बिहीबार संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा पक्राउ परेका लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि अदालतले पक्राउ गर्न अनुमति दिएको हो। न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको अदालतले जनाएको छ ।
पुर्व डिआइजी जोशीसँग बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि लामिछानेलाई पनि पोखरा प्रहरीकै हिरासतमा राखिएको छ । उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो