पोखरा । जापानमा आज आम निर्वाचनका लागि मतदान भइरहेको छ। ४ सय ६५ सदस्यीय संसदका लागि चुनाव हुन लागेको हो। निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टी एलडीपी गठबन्धनले बहुमत ल्याउने दाबी गरेको छ ।
यद्यपी मिडिया पोलले भने उसको दावीलाई स्विकारेका छैन। सत्तारूढ दलभित्रको किचलो र राज्यकोषमा भएको अनियमितताबाट दिक्क भएका जापानीले नयाँ नेतृत्व चुन्ने देखिन्छ।
सन् २०२१ पछि जापानमा पहिलो आम निर्वाचन भएको हो। समानुपातिक र प्रत्यक्ष उमेद्वारका लागि मतदाताले भोट खसालिरहेको जापानी मिडिया क्योदो न्यूजले जनाएको छ। निर्वाचनको अन्तिम परिणाम सोमबार बिहानसम्ममा आइसक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
राजनीतिमा जनताको विश्वास पुनर्स्थापित गर्ने भन्दै प्रधानमन्त्री शिगेरु इसिबाले अक्टोबर ९ मा संसद विघटन गरेका थिए।
६७ वर्षीय प्रधानमन्त्री इसिबाले मुद्रास्फीतिको नकारात्मक प्रभावलाई कम गर्ने, सुरक्षा खतराहरू विरुद्ध जापानको प्रतिरक्षालाई बलियो बनाउने लगायतका वाचा गरेका छन् ।
यो चुनावले प्रधानमन्त्री इसिवाको राजनीतिक भविष्य तय गर्दैछ। प्रधानमन्त्रीमा नियुक्त भएको ९ दिनमै प्रधानमन्त्री इसिवाले राजनीतिक भविष्य दाउमा राखेर अर्लि इलेक्सनको घोषणा गरेका हुन् । सत्तारुढ दलभित्रको किचलोका कारण एलडीपीले जनताको विश्वास गुमाउने आँकलन गरिएको छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’