काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट जितिन् ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।
अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटहरू छन्, बहुमतका लागि २७० मतहरू आवश्यक छन्।
जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ ।
यी तीन बाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन्।
राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकामा बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ऐतिहासिक जित हासिल गरेकोमा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन