कालीकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १२ जना घाइते

कालीकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १२ जना घाइते

acc

कालीकोट । कालीकोटमा जीप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरीका अनुसार सारदा नगरपालिका १४ का ५१ वर्षीय जीप चालक धनीराम रावत, पलाता गाउँपालिका–६ का पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं ५ की छाया शाही र वडा नं ३ का दमन रोकायाको दुर्घटनामा मृत्यु भएको छ ।

यस्तै पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतीक्षा शाही, आशिष रोकाया घाइते भएका छन् । घाइते हुने अन्यमा भुपेन्द्र रोकाया, तलाता–३ बस्ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् । पलाता गाउँपालिका–५ बस्ने दोली विक र आयुशा विक पनि घाइते भएका छन् ।

घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल कालगाउ सुर्खेत लगिएको छ ।

जिप भीरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds