राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो।
‘उहाँको बैंक खाता जाँच गर्दा ठुलो रकम जम्मा भएको देखिन्छ, तर खर्च भएको स्थान देखिँदैन। त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका गरिएको छ।
रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए। प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढाएको हो।
अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन्। ‘यस्ता धेरै विषयलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
सहकारी ठगी मुद्धामा अनुसन्धानका लागि काठमाडौं लगिने
ठगी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं लगिने भएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आइतबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्। लामिछानेका व्यापारिक साझेदार एवं स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राई र अर्का साझेदार छविलाल जोशीसहित २४ जनाविरुद्ध भने कात्तिक १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो। राई फरार छन् भने लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
काठमाडौंको स्वर्णलक्ष्मी, कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले लामिछानेलाई बयानका लागि काठमाडौंपछि चितवन र पर्सा पनि लानसक्ने जनाएको छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण