चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
बुधबार सहकारी पीडितले रवि छबिसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् ।
सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएको जानकारी दिए ।
यसअघि सहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
यतिबेला रवि लामिछाने कास्की हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई भने अनुसन्धानका लागि मंगलबार साँझ काठमाडौँ लगिएको छ।
कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि उनलाई कास्कीबाट काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ ।
छविको बयान सकिएपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ लगिने भएको छ। छवी र रविविरुद्ध गत आइतवार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
कास्की प्रहरीको हिरासतमा रहेका कुमार रम्तेललाई भने काठमाडौँ झिकाएर बयान लिइसकिएको छ। रम्तेल पोखरा फिर्ता भएपछि छविलाई बयानका लागि ल्याइएको हो।
यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा रवि र छविलाई बुटवल लगेर बयान लिइसकिएको छ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान