काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भएको टिप्पणी गरेका छन् ।
रिपोटर्स क्लवले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने समेत बताए ।
‘आजको सन्दर्भमा नेपालको भलाइका लागि, नेपालको विकास र बढोत्तरीको लागि कांग्रेस-एमाले गठबन्धन चलिरहेको छ’, उनले भने, ‘यो वैश्विक शान्ति, आर्थिक समृद्धि र यहाँका युवाको सशक्तिकरणको लागि अहिलेको समयमा बेस्ट कम्बिनेशन हो । हामी यसमा समर्थन गर्छौं ।’
उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरे । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताए ।
‘भारत नेपालको आन्तरिक सम्बन्धमा हस्तक्षेप गर्छ भन्ने आरोप छ । यो तथ्य ठीक होइन । भारतमा कोही आएर भन्यो भने हामीले सुन्नुपर्छ’, उनले भने, ‘तर, निर्णय नेपालको तन्त्रको हो, नेपालको सरकार र नेपाली जनताले निर्णय लिने हो । नेपाल सशक्त र बलियो रहे भारतले पनि आफूलाई मजबुत सम्झिनेछ ।’
उनले हरेक देशले आफ्नो स्वार्थको लागि कूटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए । नेता जोलीले नेपाल र भारतबिच रहेका सीमा विवाद पनि सरकारी, राजनीतिक र कूटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए ।
‘हामीले धेरै वर्षदेखि पढेका, सुनेका छौँ। नेपालमा जहिले राज्यसत्ता परिवर्तन हुन्छ, नेपालका प्रधानमन्त्रीले सुरुमा भारतको भ्रमण गर्छन् । नेपालका प्रधानमन्त्री चीन, भारत र अमेरिका वा फ्रान्स र जर्मनी जाए, हामी उनीहरूको निर्णयको स्वागत गर्छौँ’, उनले भने, ‘भारतले कहिल्यै पनि छिमेकी देशलाई ऋणमा बाँध्ने कोशिश गरेको छैन । मलाई आशा छ–नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनसँग मिलेर बीआरआईबारे सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’
सीमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उनको भनाई छ । कुनै पनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्सा समावेश गरेको नदेखेको भन्दै उनले नेपालले पछिल्लो समय आफ्नो एक सयको नोटमा चुच्चे नक्शा समावेश गरेकोप्रति गुनासो गरे ।
जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भैसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गरे ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु