काठमाडौँ । दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ ।
मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र महामारीजन्य रोग फैलिएकाले अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । पान्जी ग्रामीण स्वास्थ्य क्षेत्र भएकाले औषधिको आपूर्तिमा पनि समस्या छ ।
विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) अफ्रिका क्षेत्रका एक अधिकारीले प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएका छन् ।
डब्ल्यूएचओले नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह गरेको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर