काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।
केएमसी अस्पतालमा सारियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिनामंगलस्थित केएमसी अस्पतालमा सारिएको छ ।
सर्वोच्च अदालतको आदेशले उनलाई हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सिफारिसमा उनलाई केएमसीमा सारिएको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो