जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाँदा मापसे गरेका प्रहरी कर्मचारीले उठाएको भन्ने विषयको खण्डन गरेको छ।
आइतबार चितवन प्रहरीका डिएसपी भेषराज रिजालले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाइएको भन्दै खण्डन गरेका हुन्।
‘पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले मापसे गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानका आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लग्न परेको उल्लेख गरेको छ।
‘आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरी सके पछि भेटघाट कक्षबाटै ०८।२० गते मध्यराति १२:०५ बजे सुरक्षा सतर्कता अपनाई डिएसपीको कमाण्डमा चितवनबाट सुरक्षित रूपमा कास्की उपस्थित गराइएको,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले रवि लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकारको हनन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने