पोखरा । मानवीय सेवा र उद्गारमा समर्पित पोखरा १६ बाटुलेचौरमा रहेको जिवन ज्योति सेवा केन्द्र द्वारा पत्रकार कृष्ण रानाभाट र आइटि बिज्ञ पितम सेन ठकुरी बिहिवार सम्मानित भएका छन् ।
केन्द्रको आयोजनामा केन्द्रिय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अबसरमा पत्रकारिता तथासामाजिक संस्थाहरुमा रहि समाजसेवामा र्पुयाउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै दरबारथोक मिडिया प्रालिका अध्यक्ष तथा दरबारथोक एडभरटाइजिङ एजेन्सीका संचालक कृष्ण रानाभाटलाई दोसल्ला तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
२०५४ साल देखि पत्रकारिता गर्दै आएका सम्मानित ब्यक्तित्व कृष्ण रानाभाट स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष र हाइकर्स क्लब नेपालका अध्यक्ष हुन भने विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध भइ सकृय छन् ।
त्यसै गरि अर्का सम्मानित ब्यक्तित्व पितम सेन ठकुरी, वेबपेज नेपाल प्रालिका कार्यकारी निर्देशक, दर्शन फाउन्डेसनका अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।
प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक सागर कार्कीले आफ्नो गाउँ समाजका दीनदुखीलाई सक्दो सहयोग गर्नमा कुनै कन्जुसाई नगर्न अनुरोध गर्दै दान र सहयोग जस्तो पुण्य कार्य अरू कुनै नहुने बताए।
संस्थाका अध्यक्ष सृजना रिजाल कार्कीले दानवीरहरूको दानबाट हालसम्म संस्थाले मानवीय राहतमा लत्ताकपडा, खाद्यान्न लगाएत आर्थिक सहयोग गर्दै आएको बताईन् ।
सो अबसरमा चितवन, तनहुँ, धादिङ, गोर्खा, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बाग्लुङ, लमजुङ, रुपन्देही र कैलाली जिल्लाका शाखा तथा उपशाखाका पदाधिकारी तथा सदस्यहरुले आफ्नो अनुभव व्यक्त गरेका थिए ।
सो अबसरमा पोखरा–१४ भेडिफारम निवासी क्यान्सर पिडित अनुष विकलाई उपचारार्थ ३३ हजार एक सय ५० रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरिएको थियो ।
केन्द्रकी अध्यक्ष सृजना रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय सहसचिव लक्ष्मी तामाङ र संचालन केन्द्रिय सचिव हेमा खवासले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु