पोखरा । गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् ।
कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए । ‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन । भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रबृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने ।
भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे ।
भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझोलमा परेको बताइन् ।
महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् । संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो ।
स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए । राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे ।
गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् । कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो