पोखरा । क्षेत्री समाज नेपाल वडा समिति पोखरा १६ ले विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ।
पोखराको पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रमका विच संस्थाको विकासमा योगदान पुर्याएका पत्रकार शिशिर पौडेल, यदुनाथ बञ्जारा, प्रकाश अधिकारी, पारिजात खराल,सञ्जय थापा, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समिति, भजन समुह र समाजले आयोजना गरेको नवदुर्गा झाँकीका सहभागीलाई सम्मान गरेको हो ।
उनीहरूलाई समाजका कास्की अध्यक्ष दिलबहादुर अधिकारी, कोषाध्यक्ष सन्दिप थापा, महानगर अध्यक्ष कृष्णबहादुर थापा,वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँ लगायतले खादा, मायाको चिनो र सम्मान पत्र प्रदान गरे। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले राष्ट्रिय अखण्डता र सामाजिक एकताका लागि क्षेत्री समाज सदैव अग्र भागमा रहेको बताए । जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाजको १६ नं. वडा समिति निकै किर्याशिल रहेको भन्दै प्रशंसा गरे।
वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोविन्द बहादुर थापाले गरेका थिए । रमाईलो वनभोज सहित भएको कार्यक्रममा विभिन्न खेलमा विजयी बल बहादुर थापा, लक्ष्मी जि सि, सिता बस्नेत, चरित्र थापालाई पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो