पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्व.डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नुहुदै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मुल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको सोचलाई पुरा गर्ने जिम्मेवारी हामीमा आएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले स्व. गुरुङको राजनीति सोच र व्यक्तित्वले काँग्रेसलाई सधैँ अभिभावकत्व दिईरहेको अवस्थामा उनको निधनले पार्टीलाई ठूलो क्षति भएको बताए ।
गण्डकी प्रदेशका सांसद रेखा गुरुङले स्व. गुरुङ राजनीतिक चिन्तकमात्र नभई समाजिक अभियान्ताका रुपमा रहनुभएको स्मरण गरे ।
पर्वत काँग्रेसका नेता नवराज गुरुङले स्व.गुरुङ बिकासप्रेमी नेता रहनुभएको बताए ।
कार्यक्रममा स्व. गुरुङका कान्छा छोरा शेरबहादुर गुरुङले आफ्ना पिताले परिवारलाई मात्र नभई समाजलाई नै संस्कार दिएर जानुभएको बताए । उनी सबै क्षेत्रमा प्रेरणाको श्रोतका रुपमा रहनुभएको गुरुङले बताए ।
पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात थिए ।
वडा नं १४ का अध्यक्ष रुद्रमोहन रिमालले तत्कालीन समयमा स्व. गुरुङ नेपाली काँग्रेसको मियोको रुपमा रहेको स्मरण गर्दै उहाँको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको बताए ।
गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङ, पूर्व सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका संचार विभाग प्रमुख एवं नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काङ्ग्रेसका उपसभापति शिव सुवेदी, क्षेत्रिया सभापति राजकुमार केसी, नगर सभापति किशोर भण्डारी लगायत स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी