प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको अनुहार नभई काम हेरेर कारबाही हुने बताएका छन्।
मंगलबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बनेदेखि नै भ्रष्टहरूको मुख नभई काम हेरेर कारबाही गर्ने भन्दै आएको बताएका हुन्।
‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु भ्रष्टहरूको मुख हेरेर होइन काम हेरेर अपराध हेरेर कारबाही हुन्छ,’ उनले भने।
उनले देशलाई गरिबीबाट माथी उठाउन र सुशासन कायम गर्न सरकार दत्तचित्त रहेको पनि बताए।
‘देशमा सुशासन हुन्छ। जनतालाई दुख दिन कर्मचारीहरूले पनि पाउँदैनन्, दिन पनि हुँदैन,’ उनले भने।
ललितपुर महानगरको प्रशंसा
प्रधानमन्त्री ओलीले ललितपुर महानगरपालिकाको प्रशंसा गरे।
उनले अरू ठाउँमा पहेँलो/रातो बल्ने ट्राफिक लाइट नै बाल्न गाह्रो भइरहेको बेला ललितपुरले इन्टेलिजेन्ट ट्राफिक लाइट सुरू गरेकोमा प्रशंसा गरे।
‘यो २/४ वर्षअगाडिसम्म सुन्न पनि नपाइने शब्द हो। यहाँ ट्राफिक लाइटको रातो/पहेँलो बाल्न त गाह्रो थियो। ललितपुरले सुरू गरिसक्यो,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले ललितपुरको महानगर प्रहरीले गरिबका तरकारी फालेको नसुनेको र नदेखेको पनि बताए।
‘ललितपुर प्रहरीले अर्कै लोकको मान्छे आएको जसरी गुर्रर्र.. जिपमा आयो। झ्याप्प गाडी रोकेर, गन्द्र्ंग फाल हानेर पिरपिर सिठ्ठी बजाउँदै आतंक छाउँदै। यता फाल्दै, उता फाल्दै। ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन,’ उनले भने।
यसका लागि प्रधानमन्त्री ओलीले ललितपुर महानगरका प्रहरीलाई धन्यवाद पनि दिए।
‘तपाईंहरू आतंकको पर्याय होइन। तपाईंहरू जनताका लागि त्रास फिजाउने होइन। तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महशुस गर्नुपर्छ। जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ,’ उनले भने, ‘लौ आयो! कता भागौं, के गरौं! यस्तो हुनुहुँदैन। कोही घडी फुकालेर खल्तीमा लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने। यस्तो अवस्था नहोस्।’
प्रधानमन्त्री ओलीले महानगरले यी लगायत अरू विषयमा उल्लेख्य प्रगति गरेको बताए।
उनले राज्यको कोषबाट अलिकति पनि पारिश्रमिका खाने मान्छेले आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्ने बताए।
‘हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ। विभिन्न तहका जिम्मा लिएको होला तर जनताको सेवक हो। घमण्ड पस्नुहुँदैन। घमन्ड पस्यो कि त्यसले अरू चिजलाई पस्न दिँदैन,’ उनले भने।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने